बिग बास लिगः टस जितेर सन्दीपको टिम बलिङ गर्दै

काठमाडौं, पुष ६ । अष्ट्रेलियामा जारी बिग बास लिग (बिबिएल) मा अहिले नेपाली क्रिकेटर सन्दीप लामिछानेको टिम मेलवर्न स्टार्स खेलिरहेको छ । पहिलो खेलमा टस जितेर सन्दीपको टिमले बलिङ रोजेको छ । उनको टिम अहिले सिड्नी थन्डरसँग भिडिरहेका छ । पहिलो खेलमा सन्दीपले स्थान पाएका छन् ।

अघिल्लो वर्ष इण्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्लीमा आवद्ध भएदेखि नै चर्चामा रहेका सन्दीपले आइपिएलका पछिल्ला खेलमा मौका पाए। जहाँ उनले आफूलाई प्रमाणित गर्न सफल भए। त्यसपछि अन्तर्राष्ट्रिय मिडियामा छाउन थालेका सन्दीप यति बेला अस्ट्रेलियामा पनि चासोको विषय बनेका छन्।

सन्दीप अन्तर्राष्ट्रिय मिडियामा छाउनुमा अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कको योगदान रहेको छ। हङकङमा भएको टी–२० लिगमा सन्दीपले क्लाकर्को कप्तानीमा खेलेका थिए। त्यसपछि उनलाई क्लार्कले अस्ट्रेलिया नै बोलाएर त्यहाँको ए श्रेणीको प्रतियोगितामा मौका दिएका थिए। त्यति बेला आफ्नो लक्ष्य बिबिएल खेल्ने भएको बताएका सन्दीपको लक्ष्य पूरा भएको छ।

गत सिजनको आइपिएलमा सन्दीप र अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेल एउटै टिम दिल्लीमा थिए। अहिले भने सन्दीपले उनै म्याक्सवेलको कप्तानीमा बिबिएल खेलिरहेका छन् ।

कमेन्ट गर्नुहोस्