कृष्णपुर नगरपालिकाद्वारा रविलाई ५३ हजार सहयोग

काठमाडौं, पुष ६ । नेपाल आइडडल सिजन२ का विजेता रवि ओडलाई कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आर्थिक सहयोग गरेको छ । नगरपालिकाले उनलाई साढे ५३ हजार आर्थिक सहयोग गरेको हो ।

नगरपालिका प्रमुख कर्णबहादुर हमालले पाँच हजार, उपप्रमुख रमिता रानाले १५ सय र ६ जना वडा अध्यक्षले प्रतिव्यक्ति २ हजार रुपैयाँ रविलाई आर्थिक सहयोग गरेका हुन् ।

सहयोग गर्ने वडा अध्यक्षमा वडा नम्बर २ का अध्यक्ष जयनारायण जोशी, ४ का अध्यक्ष तेजबहादुर रावल, ५ का वडा अध्यक्ष आशुराम चौधरी, ६ नम्बरका अध्यक्ष नथ्थुराम चौधरी, ८ नम्बर वडा काअध्यक्ष अम्मरसिंह बडायक र ९ नम्बर वडा अध्यक्ष छत्रबहादुर महरा रहेका छन् ।

बाँकि रकम नगरपालिकाले रविलाई आर्थिक सहयोग गरेको नगरप्रमुख हमालले जानकारी दिए । आफ्नो क्षेत्रको प्रतिभा, आर्थिक स्थिती कमजोर एवं गीतसंगीतमा अब्बल प्रतिस्पर्धी भएकाले सहयोग गरेको उनले बताए ।

आगामी दिनमा पनि नगरपालिकाबाट पूर्ण सहयोग रहने नगरप्रमुख हमालले प्रतिवद्धता जनाए । रवि पनि कृष्णपुर नगरपालिका वडा नम्बर पाँचकै बासिन्दा हुन् ।

 

कमेन्ट गर्नुहोस्