स्पेनमा डुङ्गा दुर्घटना, १२ जनाको मृत्यु

म्याड्रिड, पुस ६ । स्पेनको दक्षिणी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ ।

दुर्घटनाका कारण अरु १२ जना बेपत्ता भएको स्पेनका तटरक्षक र रेडक्रसका अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

दुर्घटनामा परेको डुङ्गाबाट झण्डै तीस जनालाई जिवितै उद्धार गरिएको छ । उद्धारका लागि दुई दिन सम्म खोजी कार्य चलाइएको थियो ।

“दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने अरु ३३ जना जिवितै भेटिएका छन्, जिवित मध्ये चार जना महिला र २९ जना पुरुष रहेका छन्,” एक उद्धारकर्मीले भने ।

दुर्घटनामा परेकाहरु आप्रवासी भएको बताएको छ । उनीहरु अफ्रिकाबाट स्पेनको अल्मेरिया बन्दरगाहमा आउदै थिए ।

मृत्यु भएका मध्ये दश जना पुरुष र दुई जना महिला रहेका छन् । महिला मध्ये एक जना गर्भबती रहेको जनाइएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्