भोटिङ लाइन बन्द, कसले पाए होला सर्वाधिक भोट ?

काठमाडौं, पुष ६ । नेपाल आइडल सिजन–२ को ‘भोटिङ लाइन’ बन्द भएको छ । आज साँझ पाँच बजेसम्मपछि‘भोटिङ लाइन’ बन्द भएको हो । यो पटक एक हप्ताका लागि ‘भोटिङ लाइन’ खुला गरिएको थियो ।

फिनालेका लागि एक हप्तासम्म खुला गरिएको भोटिङबाट आज एकजना आइडल घोषित हुने छन् । आइडलको फाइनलमा रवि ओड बिक्रम बराल, अस्मिता अधिकारी र सुमित पाठक पुगेका छन् । यो पटकको ‘गान्ड फिनाले’ ललितपुर स्थित नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकमा हुने छ ।

‘मन जित्छ उसले, सुमधर गाउँछ जसले’ भन्ने ट्यागलाइनका साथ सुरु भएको नेपाल आइडलको दोस्रो संस्करण विजेताले २० लाख रुपैयाँ, एउटा होन्डा डब्लूआर–भी कार, एउटा एल्बमको सम्झौता र विश्वभ्रमण अथवा ५० लाख रुपैयाँ नगद, एउटा एल्बमको सम्झौता र विश्व भ्रमणमध्ये एक छनोट गर्न पाउनेछन्।

साउन २४ गतेबाट सुरु भएको नेपाल आइडलको दोस्रो संस्करणका प्रोजेक्ट हेड सुरेश पौडेल तथा निर्देशक एलिन श्रेष्ठ र लोकेश वज्राचार्य हुन्। निर्णायकका रूपमा न्ह्यू वज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा छन्। सोलाई रीमा विश्वकर्मा र आसिफ शाहले होस्ट गर्दै आएका छन्।

कमेन्ट गर्नुहोस्