पर्वत समाज कतारको समिक्षा बैठक सम्पन्न

सन्तोष क्षत्री ।दोहा, पुष ७।पर्वत समाज कतारको चौथो अधिवेशनको समिक्षा तथा पदभार हस्तान्तरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

सन् २००३ मा स्थापना भइ विभिन्न सामाजिक कार्यमा सक्रिय संस्थाको २०१९-२०२१ का लागि गत डिसेम्बर ७ तारिखमा चौथो अधिवेशन बाट नव निर्वाचित कार्यसमिती लाई पदभार हस्तान्तरण गरेको छ ।

याे पनि पढ्नुस  नवनिर्वाचित एनआरएनए एनसीसीलाई प्रवासी नेपाली एकता मञ्च कतारको बधाई

कार्यक्रममा निवर्तमान कार्यसमितीका अध्यक्ष चिन्तामणी पौडेल, सचीव याम क्षत्री(अनिल), रघुनाथ शर्मा र आर्थिक संयोजक लेखनाथ रिमालले नवनिर्वाचित कार्यसमितीका क्रमश अध्यक्ष सबिन्द्र श्रेष्ठ, सचिव शेषराज तिमिल्सिना र कोशाध्यक्ष सन्जय तिवारीलाई आआफ्नो पदभार हस्तान्तरण गरे ।

पदभार हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष चिन्तामणी पौडेलले सन् २०१७-२०१९ को कार्यकाल सफल पार्न सहयोग गर्नुहुने ब्यक्तीत्वलाई धन्यवाद व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितीलाई सबै सङ्ग सहकार्य गर्दै पर्वत समाजको गरिमालाई उच्च राख्न अनुरोध गरे ।

याे पनि पढ्नुस  कतारको एउटै कम्पनीमा १५० जना नेपाली अलपत्र, दूतावासले चासो नदिएको पीडितको गुनासो

शुक्रबार सम्पन्न नयाँ कार्यसमितिको पहिलो बैठकले मोदिबेनी बृद्दाआश्रममा रहनु भएका वृद्ध हरुलाइ भोजन तथा सम्मान साथै सेतिबेनी संरक्षण मुल समितिलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले संस्थाको सह-सचिवमा मिलन पौडेल र सह-कोसाध्यक्षमा सोम केसी तथा प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष चिन्तामणी पौडेल, सल्लाहकारमा आनान्द सुवेदी, याम क्षत्री(अनिल) र याम केसिलाई चयन गरेको छ ।

कमेन्ट गर्नुहोस्