कांग्रेसको पदाधिकारी १४ जनाको बनाउने देउवाकाे प्रस्ताव, हाेला त सहमति?

काठमाडौँ — कांग्रेसको पदाधिकारी संख्या १४ जनाको हुने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाले पदाधिकारी १४ जना बनाउने प्रस्ताव प्रस्तुत गरेका हुन् ।

अन्य नेताहरुसँगको सहमतिबमोजिम देउवाको प्रस्तावमा सभापति, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ८ र कोषाध्यक्ष रहने छन्। ८ सहमहामन्त्रीमा ७ जना जातीय समुदाय र एक पीछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुनेछन् ।प्रस्तावित पदाधिकारीमा कोषाध्यक्षबाहेक सबैजना महाधिवेशनबाट निर्वाचित हुनेछन्।

उक्त प्रस्ताव केन्द्रीय समिति बैठकले अनुमोदन गर्नेछ ।केन्द्रीय समितिका कारण महासमिति बैठक रोकिएको छ।

कमेन्ट गर्नुहोस्