मानब तस्करी नियन्त्रणका लागि युएईमा अभियान सुरु

युएई,पुष ७। युएईमा बढ्दो मानव तस्करीलाई नियन्त्रण गरि तस्करलाई कारबाहीको पहल गर्ने उदेश्य सहित अभियान संचालन गरिने भएको छ।

शुक्रबार युएईको राजधानी अबुधाबी स्थित नेपाली दूतावासमा बसेको बैठकमा विभिन्न बहानामा हुँदै आएको मानव तस्करीलाई नियन्त्रण गरि तस्करलाई कारबाही र पीडित लाई कानुनी सहयोग सहितको न्याय दिलाउन पहल गरिने बिसयमा छलफल भएको छ। उपस्थित सँघसंस्थाका प्रतिनिधिहरुले ७ बुँदे प्रतिबद्धता समेत जाहेर गरेका छन् ।

दूतावासका कार्यवाहक राजदूत सागर फुयालको प्रमुख आतिथ्यता रहेको उक्त बैठकमा श्रम काउन्सुलर भेष बहादुर कार्की,श्रम सहचारि मोतिराम भुसाल ,नेपाल पत्रकार महासघ युएई शाखाका अध्यक्ष भुपराज बस्याल उपाध्यक्ष लक्ष्मण खनाल,सचीव मेघराज सापकोटा एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठ , प्रवासी नेपाली मंच युएईका अध्यक्ष श्याम कडेल
जन प्रगतिशील मंचका अध्यक्ष बाबुराम बिस्वकर्मा जन सम्पर्क समितिका चित्र केसी लगायतको उपस्थिति रहेकोे थियो।

बैठकले मानव तस्करीका कारण धेरै नेपालीले मानसिक र शारीरिक पिडा खेप्नुपरेको भन्दै त्यस्ता तस्करलाई पहिचान गरि कारबाहीको पहल गर्नुका साथै पीडितलाई उद्दारको लागि कानुनी सहयोग गर्ने निर्णय समेत गरेको छ ।मानव तस्करीमा परेका पीडितलाई राहत र उद्दारका लागि युएईमा रहेका सामाजिक सँघ सस्थाले धेरै सहयोग गरेको भएपनी तस्करहरुको मनोबल झनै उच्च बन्दै गएको भन्दै त्यसलाई घटाउन आगामी दिनमा पिडक बाट नै पीडितलाई सहयोग जुटाउन पहल गरिने र तस्करलाई कानुनी कारबाहीको दायरामा ल्याइने बैठकले निर्णय गरेको छ।

युएईमा रहेका सँघसंस्थाहरुसँग दोश्रो चरणको बैठक बसी समितिलाई बिस्तार गरी पुर्णता दिने समितिका सदस्य बाबुराम बिश्वकर्माले बताए । मानब तस्करी नियन्त्रण र तस्करलाई कानुनी दायरामा ल्याउन सबैसँग सहकार्य गरिने उनको भनाइ छ।

यस्तै बैठकले ५ सदस्यीय समिति समेत गठन गरेको छ समितिमा श्याम कँडेल, चित्र केसि ,बाबुराम बिस्वकर्मा ,भुपराज बस्याल र रमेश श्रेष्ठ रहेका छन्।

समितिले निकट भविष्यमै नेपाल गएर मानब तस्करी र रोकथामका बिषयमा सरकारलाई सुझाब समेत प्रस्तुत गर्ने बताएको छ ।

कमेन्ट गर्नुहोस्