डिएसपी मल्लकाे अर्काे एक्सन- रात्रिकालिन व्यवसायीसँग गम्भीर अन्तर्क्रिया

काठमाडौं । दरबारमार्ग क्षेत्रलाई शान्त र सुब्यवस्थित बनाउनका लागि प्रहरीले रात्रिकालिन ब्यवसायीसँग अन्तरक्रिया गरेको छ । आज दरबारमार्ग प्रहरी बृत्त कार्यालयमा सो क्षेत्रका रात्रिकालिन ब्यवसायीलाई बोलाएर डिएसपी दानबहादुर मल्लले अन्तरक्रिया गरेका हुन् ।

उनले कतिपय क्षेत्रमा पर्यटकलाई ब्यवसायीले अनावश्यक दुखः दिने गुनासा बेलाबेलामा आइरहेको स्मरण गराउँदै सो क्षेत्रमा शान्ति सुब्यवस्था कायम गर्न ब्यवसायी र जनताको समेत प्रहरीलाई साथ र सहयोग चाहिने औल्याए ।

मल्लले सो क्षेत्रमा ठगी, लुटपाट तथा बेश्याबृत्ति, होटल रेष्टुरेण्टमा हुने ओभरविलिङ जस्ता आपराधिक कृयाकलाप हुन नदिन प्रहरीले विशेष ध्यान दिइरहेको भन्दै प्रहरीको अभियानलाई सार्थक पुर्याउन ब्यवसायीले उत्तिकै साथ दिनुपर्ने जिकिर गरे ।

सो क्षेत्रका ब्यवसायीले आफुहरुले कानुनको परिधी भित्र रहेर ब्यवसाय गरेको र कसैले कानुन विपरित काम गरे प्रहरीसँग समन्वय गरेर त्यस्ता ब्यवसायीलाई कानुनको दायरामा ल्याउन सहयोग र सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । अन्तक्रियामा सो क्षेत्रका एक दर्जन ब्यवसायीको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्