मेलम्चि ठेकेदारकाे धराैटी जफत नगर्न अल्पकालीन आदेश, अाइतबार बहस हुने

काठमाडौं । मेलम्ची खानेपानीको सुरुङ खन्ने जिम्मा पाएको ठेकेदार कम्पनी सिएमसीको धरौटी जफत नगर्न उच्च अदालत पाटनले अल्पकालीन आदेश दिएको छ ।

शुक्रबार उच्च अदालत पाटकमा मुख्य न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलाशले धरौटी जफत नगर्न अल्पकालीन आदेश दिएका हुन् । 

यसअघि काम सम्पन्न नगरी ठेकेदार क्रम्पनी भाग्न खोजेपछि सरकारले सिएमसीका केही कर्मचारीलाई पक्राउ गरी धरौटी जफत गर्ने निर्णय गरेको थियो । 

सरकारले धरौटी जफत गर्ने निर्णय गरेलगत्तै सिएमसीका तर्फबाट उच्च अदालत पाटनमा सरकारको निर्णयविरुद्ध निषेधाज्ञाको आदेश माग्दै रिट परेको थियो । 

रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै मुख्यन्यायाधीश ढुङ्गानाले आइतबारसम्मका लागि धरौटी जफत नगर्न अल्पकालिन आदेश दिएका हुन् । 

उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालका अनुसार दुवै पक्षलाई आइतबार छलफलका लागि बोलाइएको छ । ‘दुवै पक्षको बयान आएपछि मात्रै अन्तरिम आदेश दिने वा नदिने भन्नेबारे निर्णय हुनेछ । अहिले दिएको अल्पकालीन आदेश हो, अन्तरिम आदेश होइन,’ रजिष्ट्रार दाहालले भने । 

कमेन्ट गर्नुहोस्