ज्ञानेन्द्रलाई प्रम ओलीको चेतावनीः लोकतन्त्रलाई तलमाथि गर्नसक्ने कुनै शक्ति छैन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको विकल्प कोही नभएको बताएका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहका पछिल्ला गतिविधिको सांकेतिक विरोध गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई तलमाथि गर्नसक्ने कुनै शक्ति नभएको जिकिर गरे। ‘अहिले कोही कोही देश दौडाहा, तिर्थ र श्राद्धमा गएका छन्’, पूर्वराजाको पोखरा भ्रमणतर्फ संकेत गर्दै ओलीले भने, ‘अब लोकतन्त्रलाई तलमाथि गर्नसक्ने कुनै शक्ति छैन्। हामी उपलब्धि गुम्न दिँदैनौं।’

याे पनि पढ्नुस  प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

उनले विगतमा पनि लोकतन्त्र सिध्याउने षडयन्त्र हुँदा त्यसलाई असफल पारेर आएको बताउँदै अब पनि सफल नहुने ठोकुवा गरे। लोकतान्त्रिक व्यवस्थामा कुल घरानाका मान्छेहरु छटपटाएको भन्दै ओलीले नेपाली जनताले कुल घरानाको शासक होइन सेवक खोजेको बताए। ‘अहिले कतिपय मान्छेलाई खान्दान र कुल घरानाको चिन्ता छ’, नेपाल इन्जिनियर्स एशोसियशनका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिन राजधानीमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले भने, ‘जनताको निम्ति काम गरौं। कुल घराना वा नघरानाबाट जो पनि आउन सक्छ।’ यद्यपी कुल घरानामा सबै गलत नहुने उनको भनाई छ। 

याे पनि पढ्नुस  कस्तो छ प्रधानमन्त्रीको चीन भ्रमणको तयारी ?

कुल घरानाका मान्छेले अहिलेका नेताहरु हिजो कस्तो हालतमा थिए, आज कुन हैसियतमा छन भनेर टिप्पणी गर्ने गरेको बताउँदै ओलीले भने, ‘हिजो मै जेलभित्र नेलमा थिए। खाली खुट्टामा चिसो छडिमा राखेका थिए। आज जुत्ता लगाएको छु। ति जेल हाल्ने कुल घरानाका मान्छेलाई भतभती पोलेको छ। प्रधानमन्त्री हुँ, एकजोर जुत्ता त लगाउन सक्छु।’

याे पनि पढ्नुस  वर्षाका कारण ११ जनाको मृत्यु, उद्धारमा जुट्न प्रधानमन्त्रीको निर्देशन

अहिले राजतन्त्रात्मक होइन लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था देशमा रहेको भन्दै प्रधानमन्त्री ओलीले सरकारले कुनै क्षेत्रलाई पनि संकुचन नगरेको दाबी गरे। ‘यो सबै अफवाह हो। यो सरकार मौलिक हक, मानवअधिकार, प्रेस स्वतन्त्रताको पक्षधर हो, कुनै संकुचन हुँदैन्।’
नागरिक दैनिकबाट

कमेन्ट गर्नुहोस्