काठमाडौं, पुष ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले तुलसीपुर (दाङ) मा विद्यार्थी र शिक्षक सवार शैक्षिक भ्रमणबाट फर्किंदै गरेको बस दुर्घटनामा परी २३ जनाको निधन भएकोमा दुःख व्यक्त गरेकी छन्।
उनले शनिबार टवीट्मार्फत शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेकी हुन् । राष्ट्रपति भण्डारीले दुर्घटनामा घाइते हुने सबैको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेकी छन् ।