उद्योगमन्त्री मातृका यादव अस्पताल भर्ना

काठमाडौं, पुष ७ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव अस्पताल भर्ना भएका छन् ।

टाउको अत्यधिक दुख्ने समस्या देखिएपछि उनी गएराति नर्भिक अस्पतालमा भर्ना भएका हुन् । मन्त्री यादवलाई डा. पंकज जलनको टिमले उपचार गरिरहेको छ।

युरिक एसिडका कारण जिउ दुख्ने समस्या पनि उनमा देखिएको डा. जलनले बताए। उनका अनुसार मन्त्री यादवको रिपोर्ट आउन बाँकी छ।

कमेन्ट गर्नुहोस्