क्रिकेटर सागर पुन घाइते, ६ महिना मैदान बाहिरै

काठमाडौ‌, पुष ७ । राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सागर पुन घाइते भएका छन् । कीर्तिपुरमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) प्रतियोगिता खेल्ने क्रममा घाइते भएका पुनको शनिबार शल्यक्रिय गरिएको छ ।

दायाँ खुट्टाको शल्यक्रिया गरिएका पुन अब छ देखि सात महिना मैदान बाहिरै रहने राष्ट्रिय टोलीको कप्तान पारस खड्काले जानकारी दिए ।

सागरको अनुपस्थितमा राष्ट्रिय टोलीलाई निकै क्षति पुग्ने खड्काको भनाई छ । जारी इपिएलमा काठमाडौं किंग्स ११ बाट खेलेका सागरलाई ललितपुर प्याट्रियसविरुद्धको खेलका क्रममा बलिङ गर्दा चोट लागेको थियो । रासस

कमेन्ट गर्नुहोस्