चलचित्र जीरोः उत्कृष्ट निर्देशन, दमदार अभिनय

काठमाडौं, पुष ७ । बलिउडका बादशाह मानिन्छन् शाहरुख खान । पछिल्लो दिनमा गम्भीर अभिनयका लागि चिनिन्छिन् अनुश्का शर्मा ।

अहिले यी दुबै फेरी चर्चामा छन चलचित्र जीरोका कारण । त्यसमा क्याटरिना कैफको उपस्थितिले चलचित्रलाई दमदार बनाएको कतिपयले टिप्पणी गरेका छन् ।

बलिउडमा चलचित्र विश्लेषण गर्नेहरुले जीरोको व्यापार निकै उच्च हुने आँकलन गरेका छन् ।

शाहरुख खान र अनुष्काको यो चौथो चलचित्र हो भने उनले क्याटरिनासँग तीनवटा चलचित्र अभिनय गरेका छन् । यसअघि जान भन्ने चलचित्रमा पनि यी तीनजना सँगै थिए ।

चलचित्रका निर्देशक आनन्द एल रोय हुन । कथा भने हिमांशु शर्माले लेखेका छन् । निर्देशक र कथाकारको यो जोडीले यसअघि पनि तनु वेड्स मनु र राँझना जस्ता हिट चलचित्र पस्किसकेका छन् । चलचित्रमा संगीत अजय अतुलको छ भने एउटा गीत हीर भने तनिष्क बागजीले कम्पोज गरेका छन् ।

चलचित्र लामो छ । १६४ मिनेटको चलचित्रलाई २ सय करोडको बजेटमा निर्माण गरिएको छ । यो आज एकैपटक ५ हजार ९ सय ६५ स्क्रिनमा रिलिज भएको छ ।

के छ त कथाबस्तु ?

जीरोका कथा मेरणका ३८ वर्षी बऊआ सिंह (छरुख खान)बाट शुरु हुन्छ । उनको सानो कद भएको कारण बिहे हुँदैन । यसपछि चलचित्र फ्ल्यासब्याकमा जान्छ । बऊआ एउटा म्यारिज ब्यूरोका माध्यमबाट आफिया भिण्डर (अनुष्का शर्मा) वैज्ञानिकसँग भेट्छन । आफिया आफै पनि पाल्सी बिमारीबाट पीडित छिन् ।

आफिया जीरो ग्रेभिटी यानि की शून्य गुरुत्वाकर्षणमाथि अनुसन्धान गर्छिन । यस अतिरिक्त मंगल ग्रहका लागि पनि एउटा एक्सपिडिसन तयार गरिरहेकी हुन्छिन् । बउआ उनीसँग भेट गर्छ र प्रेमको नाटक गर्छ । तर आफिया उसको घर पुगेर बिहा गर्न चाहन्छे । बऊआका बाआमाले बिहे तय गर्छन तर ऊ भने मण्डपबाटै भाग्छ ।

कथामा अर्कोतर्फ बऊआ बबीता कुमारी (कटरिना कैफ) को ठूलो फ्यान भएको देखाइएको छ । एकदिन रक्सीको नसामा रहेकी बबिताले बौआलाई किस गर्छे ।

बिहेका दिन नृत्य प्रतियोगिताका माध्यमबाट बऊवा बबिता कुमारीसँग एक साँझ बिताउन पनि पाउँछ । तर बऊआ र बबितालाई आफ्नो लक्ष्य मिल्ने अवस्थामा उल्टो यात्रा शुरु हुन्छ । बाँकी चलचित्र हेरेर थाहा हुन्छ ।

जीरोमा आनन्द एर रायले हरेक मसाला पस्केका छन् । साउद इण्डियन चरित्र, कलाका, बिहाबाट भाग्नु सबै छ जीरोमा । चलचित्रका संवाद निकै उत्कृष्ट तरिकाले लेखिएका छन् । यसमा भिएफएक्सको काम पनि राम्रो छ । शाहरुखले निकै चुनौतीपूर्ण भूमिका निर्वाह गरेका छन् ।

कमेन्ट गर्नुहोस्