आईसिसीले दियो भारतलाई धम्कीः सन् २०२३ विश्वकप क्रिकेटको आयोजना गर्नबाट बञ्चित गरिन सक्ने

काठमाडौं, पुष ७ । अन्तर्राष्ट्रिय क्रिकेट बोर्डले भारतलाई कडा चेतावनी दिएको छ । बोर्डको चेतावनी नमानेको खण्डमा सन् २०२३ मा आयोजना हुने विश्वकप क्रिकेट भारतमा नहुन सक्छ ।

भारत सन् २०२३ को विश्व कप क्रिकेटको आयोजक राष्ट्र हो । यसअघि सन् २०१६ को विश्वकप क्रिकेटको आयोजना भारतले गरेको थियो । त्यो बेला ठूलो कार्यक्रम आयोजना गरेकोमा केन्द्र या राज्य मन्त्रालयबाट आइसिसीले कुनै छूट दिएको छैन ।

अब आइसिसीले त्यही कटौतीको भरपाईका लागि ३१ डिसेम्बर अघि २३ मिलियन अमेरिकी डलरको माग गरेको छ । द टाइम्स अफ इण्डियामा प्रकाशित समाचार अनुसार, आइसिसिले भारतीय क्रिकेट बोर्डलाई यो मागको सम्झना गराएको हो । यो विषयमा यसअघि अक्टोबरमा सिँगापुरमा सम्पन्न आइसिसीको बोर्ड बैठकमा निर्णय गरिएको थियो । भारतसँग अब यो माग पुरा गर्न दश दिन पनि बाँकी छैन ।

आइसिसीका अध्यक्ष र पूर्व बिसिसीआईका पनि अध्यक्ष रहेका शशांक मनोहरका अनुसार, यदि यो रकम चुक्ता गरिएन भने त्यो राशीलाई भारतको वित्तिय वर्षका लागि आइसीसिले दिने राजस्वको हिस्साबाट घटाइने छ ।

आइसिसीले २०२३ को च्याम्पियन्स ट्रफी र २०२३ को ५० ओभर भएको विश्व कपको आयोजनाका लागि पनि अन्य विकल्प खोज्ने बताएको छ ।

सबै आइसिसी प्रतियोगिताको आधिकारिक प्रसारणको अधिकार राख्ने स्टार टिवीले २०१६ मा खेलिएका विश्व टी २०का लागि विश्वका अन्य निकायलाई भुक्तानी गर्नु अघि सबै करमा कटौती गरेको थियो । अहिले उक्त कम्पनीले बिसिसीआईले यसको भुक्तानी गर्नुपर्ने माग गरेको हो ।

कमेन्ट गर्नुहोस्