दाङ बस दुर्घटनाका घाइते भेट्न अस्पताल पुगे शिक्षामन्त्री, भोली देशैभरिका शैक्षिक संस्थामा श्रद्वाञ्जली सभा गर्ने निर्णय

काठमाण्डौं, पुष ७ ।  दाङमा बस दुर्घटनामा परेर घाईते भई काठमाण्डौं ल्याईएका शिक्षक बिद्यार्थीहरुलाई शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भेट गरी स्वास्थ्य लाभको कामना गरुेका छन् ।

उपचारको लागी हेलिकप्टर मार्फत राष्ट्रिय ट्रमा सेन्टरमा ल्याईएका घाईतेहरुलाई भेट्न मन्त्री पोखरेल अस्पताल पुगेका हुन् । मन्त्री पोखरेलले घाईतेहरुको उपचारमा कुनैं कमि हुन नदिन चिकित्सकहरुलाई आग्रह गरेका छन् ।

उनले घाईतेहरुको उपचारमा सरकारले बिषेश ध्यान दिने प्रतिवद्धता व्यक्त गरेका छन् । उपचारमा संम्लग्न विज्ञ, चिकित्सक र अस्पताल व्यवस्थापनलाई घाईतेहरुको उपचारमा गम्भिर हुन र उपचारमा कुनैं कसर बाँकी नराखी उपचार गर्न मन्त्री पोखरेलले आग्रह गरेका छन् ।

शुक्रबार साँझ सहिद कृष्ण सेन इच्छुक पोलिटेक्निकल इन्स्टिच्यूट, घोराही, दाङका शिक्षक र विद्यार्थी सवार बस तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ राम्री भन्ने स्थानमा दुर्घटनाग्रस्त हुँदा ठूलो मानवीय क्षति भएको छ ।

यसैंबिच मन्त्री पोखरेलले आज एक बिज्ञप्ती जारी गर्दै घटनाप्रती गहिरो दुःख व्यक्त गरेका छन् । भविष्यका कर्णधार एवम् कर्मठ युवाहरूको निधनले राष्ट्रलाई अपुरणीय क्षति पुगेको छ ।

मन्त्री पोखरेलले जारी गरेकाे बिज्ञप्तीमा उल्लेख छ- यस दुःखद घडीमा दुर्घटनामा परी ज्यान गुमाउनु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

उनले दुर्घटनामा परी घाइते हुनुभएकाहरुको शिघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।  मन्त्री पोखरेलले हिजो साँझ बसेको मन्त्री परिषद् बैंठकमा घटनाबारे जानकारी गराइ सकेका छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले एक दिन शोक मनाउने भएको छ । घटनापछि आज शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको आकस्मिक बैंठकले दाङ घटनाप्रती गहिरो दुःख व्यक्त गर्दै भोली १ दिन परिषदका आंगिक, साझेदारी, प्रााविधिक शिक्षा संचालन गर्ने सामुदायिक विद्यालयहरु तथा निजी शिक्षालयहरुमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

बैंठकपछी जारी बिज्ञप्तीमा दुर्घटनावाट प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्लाई अपुरणीय क्षति पुगेको उल्लेख छ । बैंठकले दुर्घटनामा मृत्यु भएका सबैमा श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गरेको छ । साथैं दुर्घटनामा परी घाईते भएका सम्पुर्ण प्रशिक्षार्थीहरुको सिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

बैंठकले आर्थिक सहायताको व्यवस्था गर्न र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदका सदस्य सचिव पुष्परमण वाग्लेले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्