राष्ट्रपतिद्वारा जापानका सम्राटलाई जन्मदिनको शुभकामना व्यक्त

काठमाडौं, पुष ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका सम्राट आकिहितोको जन्मोत्वसका अवसरमा आज एक शुभकामना सन्देश पठाउँदै उनको सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गरेकी छन् ।

सन्देशमा राष्ट्रपति भण्डारीले जापानी जनताको निरन्तर प्रगति र उन्नतिको कामना गर्दै नेपाल र जापानबीचको शताब्दीऔं देखिको सम्बन्ध आगामी दिनमा अझ बढी सवल र सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् । रासस

कमेन्ट गर्नुहोस्