सभामुख महरा पूर्वविद्यार्थी मञ्चको आजीवन सदस्य

रोल्पा, पुष ७ । सभामुख कृष्णबहादुर महराले पूर्वविद्यार्थी मञ्चको सदस्यता लिएका छन्। उनले अध्ययन गरेको सदरमुकाम लिबाङमा रहेको बालकल्याण नमूना माध्यामिक विद्यालय पूर्वविद्यार्थी मञ्चको सदस्यता लिएका हुन् ।

विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थीका लागि आयोजित पुनःमिलन कार्यक्रममा शनिबार सभामुख महराले उक्त सदस्यता लिएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका उनले आफूले सो विद्यालयमा अध्ययन गर्दाका दुःख कष्टकोसमेत स्मरण गरे । आफूलाई अहिलेको अवस्थामा पुग्न विद्यालयकोसमेत ठूलो भूमिका रहेको उनले बताए ।

अनेकौं पुस्ताका विद्यार्थी जमघट गराउने थलोका रुपमा रहेको पूर्वविद्यार्थी मञ्चको आजीवन सदस्य बन्न पाएकामा उनले खुशी व्यक्त गरे ।

दुर्गमका विद्यालयले अझैं धेरै समस्या भोग्नुपरिरहेको बताउँदै त्यस्ता समस्यालाई साझेदारी गर्न पूर्वविद्यार्थीलाई आग्रहसमेत गरे ।

सभामुख महरालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपाने र पूर्वविद्यार्थी मञ्चका संयोजक खिमबहादुर घर्तीले आजीवन सदस्यता प्रदान गरेका थिए । रासस

कमेन्ट गर्नुहोस्