घर भत्काउने दुस्साहस गरे कांग्रेस नै समाप्त भएर जाने प्रचण्डकाे चेतावनी

काठमाडौँ, नेकपाका अध्यक्ष  प्रचण्डले प्रमुख प्रतिपक्षी कांग्रेसभित्र हिन्दु राज्यको पक्षमा बहस नु अापत्तिजनक भएको टिप्पणी गरेका छन् ।

कांग्रेसकाे महासमिति बैठकमा हिन्दु राज्यको पक्षमा लबिइङ र हस्ताक्षर अभियान चलिरहेका बेला अध्यक्षले ‘कांग्रेस धर्मनिरपेक्षताको नीतिबाट पछि हट्न लागेको त होइन ?’ भन्ने प्रश्न गर्दै आपत्ति जनाएका हुन् ।

राजधानीमा शनिबार ‘देश किन बनेन’ नामक पुस्तक विमोचन गर्दै उनले जनताको बलिदानीपूर्ण संघर्षले प्राप्त धर्म निरपेक्षताबाट कांग्रेस पछि हटे पार्टी नै समाप्त भएर जाने चेतावनी दिए । उनले संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र समावेशिता संविधानका मुख्य चार खम्बा रहेको उल्लेख गर्दै त्यसको एउटा खम्बा भत्काएर सिंगै घर भत्काउने दुस्साहस नगर्न कांग्रेस नेतृत्वलाई सचेत गराए ।

‘पार्टीले नै संविधानको पिता भनेर सम्मान गरेका तत्कालीन प्रधानमन्त्री एवं सभापति सुशील कोइरालालाई स्वर्गबाट नर्कमा झार्न कांग्रेसमा हिन्दु राज्यको पक्षमा बहस सुरु भएको छ,’ उनले भने ।बििििलेे पि पप स्थापना गरेको कांग्रेसले हिन्दु राज्यको पक्षमा वकालत गर्न नसुहाउने बताए । उनले विविध धर्म, संस्कृति र सम्प्रदाय रहेको मुलुकमा राज्यले वा कांग्रेसजस्तो जिम्मेवार पार्टीले एउटा धर्मको पक्षमा मात्रै वकालत गर्नु खतरनाक हुने दाबी गरे ।

उनले कांग्रेस नेताहरूलाई बीपीले धर्मबारे के भनेका थिए, कस्तो संस्कार अपनाएका थिए र तत्कालीन प्रधानमन्त्री एवं पार्टी सभापति गिरिजाप्रसाद कोइराला कसरी धर्मनिरपेक्षताको पक्षमा उभिएका थिए भनेर सोच्नसमेत आग्रह गरे ।

कमेन्ट गर्नुहोस्