पुस्तक लेख्दा धेरैपल्ट राेएँ तर लेख्न छाेडिन- मनिषा काेईराला

काठमाडौं : अभिनेत्री मनिषा कोइरालाले पुस्तक लेख्दा आफू धेरै पटक रोएको बताएकी छन्। सोमबार कोइरालाले लेखकसँग अन्तरक्रिया कार्यक्रममा अन्नपूर्णसँग कुरागर्दै आफ्नो पुस्तक ‘हिल्ड’को लेखन अनुभव सुनाएकी हुन्।

‘पुस्तक लेख्दा धेरैपटक रोएँ, लेख्न सक्दिन भनेर छोडेकी थिए’ कोइरालाले भनिन्,’धेरै पटक कोशिस गर्दा सफल भएँ।’

कोइरालाको पुस्तक ‘हिल्ड’ नेपालीमा अनुवाद हुने भएको छ। भारतीय प्रकाशन पेन्गुइनबाट अंग्रेजी भर्सनमा प्रकशन भएको पुस्तक फाइन प्रिन्टले नेपाली भाषामा ल्याउन लागेको हो।

कार्यक्रममा अभिनेत्री कोइरालाले पोखरामा हुने ‘नेपाल लिटरेचर फेस्टिभल’ मा पुस्तकको अंग्रेजी संस्करण विमोचन हुने बताएकी छन्। पुस्तकमा मनिषाले क्यान्सरले आफूलाई कसरी नयाँ जीवन दियो भन्नेबारे उल्लेख गरेकी छन्।

अन्नपूर्ण पाेष्टबाट

कमेन्ट गर्नुहोस्