एकाबिहानै काठमाडौं उपत्यका क्षेत्रमा भूकम्पको धक्का

काठमााडौं : काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रमा आइतबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार बिहान ५ बजेर ६ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.७ म्याग्निच्यूडको भूकम्प गएको हो।

यो भूकम्प नयाँ नभइ २०७२ बैशाखमा गएको भूकम्पकै परकम्प भएको राष्ट्रिय भूकम्पमापन केन्द्रका भूकम्पविद चिन्तन तिमल्सिनाले बताए ।

कमेन्ट गर्नुहोस्