अपडेट: सुनामीमा परि मर्नेकाे संख्या ४० नाघ्याे

इन्डोनेसियाको सुन्डा स्ट्रेट (खाडी) नजिकैको तटीय इलाकामा सुनामीका कारण कम्तीको ४३ को मृत्यु भएको छ ।

देशको प्रकोप व्यवस्थापन एजेन्सीका अनुुसार दुई व्यक्ति हराइरहेका छन्, दर्जनौं भवन क्षती भएका छन् भने पाँच सय ८५ घाइते भएका छन् ।

क्रिकाटोआ ज्वालामुखी बिस्फोट भएपछि समुन्द्र भित्र भएको भुस्खलनका कारण सुनामी आएको हुनसक्ने अनुमान गरिएको छ ।

याे पनि पढ्नुस  २० वर्षपछि नेपाललार्इ एसियाडमा रजत पदक

सुन्डा स्ट्रेट, जावा र सुमात्रा द्वीपबीच अवस्थित छ जसले जावा सागरलाई हिन्द महासागरसँग जोड्छ ।

पान्डेगलांग, दक्षिण लामपुङ र सेराङ क्षेत्रमा अत्यधिक क्षती भएको बुभिएको छ ।

अधिकारीका अनुसार मृतकको संख्यामा वृद्धि हुनसक्छ । प्रकोप व्यवस्थापन एजेन्सीका अनुसार शनिबार पुर्णिमा भएकाले पनि समुन्द्रको छाल निकै माथिसम्म उठेको हुनसक्छ ।

याे पनि पढ्नुस  इण्डोनेसिया: चर्चभित्र भेटिए ३४ शव, प्रार्थनामा गएका ५२ अरू बेपत्ता

कमेन्ट गर्नुहोस्