बजारमा सुनचाँदीको भाऊ जस्तातस्तै !

काठमाडौं, पुस ८ ।

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य अझै पनि कुनै परिवर्तन आएको छैन ।

शुक्रबार बजारमा छापावाल सुनको मूल्य तोलामा ५८ हजार ८ सय भएको थियो भने आज पनि ५८ हजार ८०० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, शुक्रबार तेजाबी सुनको मूल्य ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि ५८ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

शुक्रबार चाँदीको मूल्य ७२० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि ७ सय २० रुपैयाँमा कारोवार भैरहेको छ ।

कमेन्ट गर्नुहोस्