पोखरा पुष ८ । ‘काउली बुढी’को नामबाट चिनिएकी सन्ध्या बुढाले पोखरामा तहल्का मच्चाईन् । पोखरामा जारी तेस्रो काहुँ घरहरा महोत्सवमा आफ्नो प्रस्तुतिका राख्ने क्रममा दर्शकलाई मनोरञ्जन दिईन् । सामाजिक संजाल युट्यूबबाट बढी चर्चामा आएकी काउली बुढीले पोखरा पुगेर पनि जवानीका कुरा गर्न भ्याईन् ।
उनले वरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुली सँगसँगै बस्ने के के गर्ने सम्म भन्न भ्याईन् भने दर्शकको भीडमा समेत केटाहरु छान्दै बिहे गर्ने भन्दै बोको गनायो भन्न समेत भ्याईन् । केही दर्शकले त काउली बुढीसंग दोहोरी पनि गाउन प्रयास गरे तर काउलीले दोहोरी भने फिर्ता गरिनन् ।
हेर्नुहोस् यो काउली बुढीको यस्तो छ प्रस्तुति