सिआइबीका डिआइजी शाहीको घरमा रहेकी महिला प्रहरीको मृत्यु

काठमाडाैं – केन्द्रीय अनुसन्धान व्युरो सिआइबी का प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआइजी) निरज बहादुर शाहीको घरमा रहेकी एक महिला प्रहरीको मृत्यु भएको छ। उनको प्रहरी अस्पतालमा उपचारको क्रममा २ दिन अघि मृत्यु भएको हाे।

डिआइजी शाहीका अनुसार मृतक महिला डिप्रेसनबाट पीडित थिइन्। समस्या बढेपछि उनलाइ प्रहरी अस्पताल भर्ना गरिएकाे र उपचारकै क्रममा उनकाे निधन भएकाे उनले बताए।

कमेन्ट गर्नुहोस्