जाडोमा गर्नुस् छालाको राम्रो हेरचाह, हुन सक्छ सोरायसिस

जाडो याममा राम्रो खानपान र न्यानो कपडा लगाउनाले मात्र हाम्रो स्वास्थ्यको ग्यारेण्टी गर्न सक्दैन । यस मौसममा छालाका कतिपय समस्याहरू देखा पर्दछन्, यी मध्ये सोरायसिस एक हो । विशेष गरी हिउँदमा कतै शरीरमा यस रोगका लक्षण त देखिंदै छन् भन्ने विचार पुर्याउनु पर्ने हुन्छ । यस रोगको सबैभन्दा प्रमुख लक्षण भनेको छालामामा रातो रङ्गको पाप्रा बस्नु हो । यस्ता बिरामीहरूको छाला सुक्खा, फुटेको र रुखो हुनेगर्दछ ।

छाला रोग विशेषज्ञहरू यस मौसममा छालालाई अतिरिक्त्त हेरचाहको अवाश्यकता पर्ने बताउँछन् । आजभोली मौसम चिसो र सुक्खा हुने भएकाले सोरयसिसका बिमारीहरूको छालामा निकै हानि पुग्न सक्छ । सोरायसिसका बिरामीहरूले यस्तो मौसममा छालाको अतिरिक्त ख्याल राख्नुपर्ने छाला रोग विशेषज्ञहरु बताउँछन् ।

के हो सोरायसिस ?

सोरायसिस एक प्रकारले  मानव शरीरको प्रतिरक्षा प्रणालीमा आउने खराबी हो जस अन्तर्गत शरीरले सामान्य भन्दा छिटो गतिमा कोषहरूको निर्माण गर्ने गर्दछ । हाम्रो शरीरले सामान्यतया १० देखि ३० दिनसम्ममा छालाका नयाँ कोषहरू निर्माण गर्दछ । तर सोरायसिस भएका रोगीहरूमा यसरी नयाँ कोषहरूको निर्माण निकै चाँडो चाँडो हुने गर्दछ । जसले गर्दा शरीरलाई पुराना कोषहरू विस्थापित गर्नका लागि पर्याप्त समय मिल्दैन र छालामा मोटो पत्र जम्ने गर्दछ । छालामा यसरी बनेको पत्र रातो भएर आउँछ र त्यसमा चिलाउने पनि गर्दछ । शरीरमा राता या चाँदी रङ्गका टाटाहरू देखिनु यस रोगको सामान्य लक्षण हो ।

कसरी बच्ने सोरायसिसबाट?

मोस्चराइजिङ सोप या बडी वासको प्रयोग

बजारमा उपलब्ध धेरै जसो साबुन कठोर प्रकृतिका हुन्छन् । यस्ता साबुनले छालाको पीएच लेभलमा परिवर्तन ल्याउन सक्छन् र यसले गर्दा छालामा सुक्खापन र चिलाउने जस्तो समस्या आउन सक्छ । यसको सट्टा न्युट्रल पीएच मान भएको साबुन या बडी वास प्रयोग गर्दा राम्रो हुने गर्दछ । यसो गर्नाले छालामा नरमपना रहिराख्छ र छाला सुक्खा हुन पाउँदैन । जीवन शैलीमा सामान्य संशोधनले मात्रै सोरायसिसका रोगीहरू आरामदायक जीवन बाँच्न सक्छन् ।

जौको पिठोले नुहाउने

जौको पिठोले नुहाउन सबैभन्दा पहिले एक कप जौको पिठोलाई मन तातो पानीमा भिजाउने । त्यसमा केही थोपा सुगन्धित तेल हाल्न सकिन्छ । यस्तो मनतातो पानीले नुहाउँदा छालालाई आराम पुग्छ र चिलाउने र पोल्ने गरेको सुक्खा र रातो भएको छालाको भाग नरम हुन्छ । जौको पिठो पानीसँग मिसाएपछि त्यसले एक प्रकारको झिल्ली निर्माण गर्छ र यसले छाला सुरक्षित रहनुका साथै त्यसको नरमपना र ओसिलोपाना सुरक्षित रहिराख्छ ।

तर नुहाउँदा छालालाई माडी-माडी मयल निकाल्ने काम भने गर्न्नु हुँदैन । यस्तो गर्दा छालामा बढी चिलाउने र जलन बढ्नुका साथै रातो रङ्गको सतह छिटो छिटो बढ्ने सम्भावना रहन्छ ।

न क्रीम या मोस्चराइजर लगाउने

यस्तो समस्या भएका बिरामीहरूले दिनभरि नै छालाको नरमपना सुक्खा नहोस भन्ने कुरामा विशेष ध्यान दिने गर्नु पर्दछ । यस्तोमा कम से कम दुई पटक स्किन क्रिम या मोस्चराइजरको प्रयोग गर्नु पर्दछ ।

लुगामा ध्यान दिने

ऊनले बनेका कपडाहरूले शरीरमा जलनको समस्या हुन सक्छ र यसले छालामा पाप्राहरूउ जम्न सक्छन् । सोरायसिसका बिरामीहरूले ऊनी कपडा भित्र पातलो सुती कपडा लगाउनु राम्रो हुन्छ ।

बढी भन्दा बढी घाम ताप्ने

जाडोमा उपर्याप्त मात्रामा घाम नपाएर पनि छाला निरस हुन्छ । समय पाउनासाथ पर्याप्त घाम ताप्नाले छालालाई मात्रै नभई भिटामिन डी समेत प्राप्त हुन्छ ।

 

कमेन्ट गर्नुहोस्