अमेरिका भ्रमणमा हतियार ल्याउने संझौता भएकाे छैन- परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं८ पुस – परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आफ्नो अमेरिका भ्रमणमा हतियार ल्याउने संझौता नभएको बताउनुभएको छ ।

पराराष्ट्रमन्त्री  ज्ञवालीले हालै सम्पन्न आफनो अमेरिका भ्रमण दुई देशकाबीचको सम्बन्ध थप प्रगाढ बनाउन र नेपालको विकासमा अमेरिकी सहयोग विषयमा केन्दि«त रहेको बताउनुभएको हो ।

हालैमात्र अमेरिकाको उच्चस्तरिय भ्रमण गरी स्वदेश फर्कनुभएका परराष्ट्रमन्त्री ज्ञवालीले आज सिंहदरबारमो पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालको परराष्ट्र नीति असंलग्न आन्दोलनमा केन्दि«त रहेको जानकारी दिदै सबै राष्ट्रहरुसँग समदुरी कायम राखेर अघि बढने बताउनुभयो ।

आफनो भ्रमण   दुई देशबीच कुनै सहमति सम्झौता गर्ने उद्देश्यले नभई दुइ देशबीचको सम्बन्ध विस्तारका लागि भएको मन्त्री ज्ञावलीले बताउनुभयो ।  

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले आफ्नो नेतृत्वको टोलीले अमेरिकामा भएको भेटघाटमा नेपालमा लगानी सम्मेलनमा सहभागिता जनाउन तथा गलैचा लगायतका निर्यातका वस्तुमा अमेरिकालाई सहयोग बढाउन अनुरोध गरेको जानकारी दिदिनुभयो ।  भ्रमणका क्रममा आफूले अमेरिकी विदेशमन्त्रीलाई नेपाल भ्रमणको निम्तो समेत दिएको मन्त्री ज्ञवालीले बताउनुभयो । 

मन्त्री ज्ञवाली एक साता लामो अमेरिका भ्रमणबाट हालै स्वदेश फर्कनुभएको थियो । 
 चक्रपथबाट

कमेन्ट गर्नुहोस्