अपडेटः इण्डोनेशियामा मृत्यु हुनेको संख्या २२२ पुग्यो, ७ सय बढी घाइते

जकार्ता, इण्डानेशियामा ज्वालामुखी विष्फोटपछि आएको सुनामीमा परी दुई सय बाईस जनाको मृत्यु भएको छ ।

घटनामा सात सय बढी घाइते छन् ।

कैयनको उद्धार गर्न बाँकी छ ।

मृतकको संख्या बढने अधिकारीहरुले अनुमान गरेका छन् ।

हराएको व्यक्तिको खोजी गर्न कठिनाई देखिएको छ ।

समुद्री तटमा अझै पनि सुनामीको सम्भावना रहेको बताइएको छ ।

आइतबार एकाबिहानै इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएको र त्यसलगत्तै सुनामी आएको हो । यहाँको सुन्दा स्ट्रेटस्थित समुद्री तटमा सुनामी आएको समाचारमा जनाइएको छ ।
ज्वालामुखी र सुनामी दुवै शक्तिशाली रहेका बताइएको छ । सोही कारण पनि हराइरहेका व्यक्तिको सङ्ख्या अझै यकिन हुन सकिरहेको छैन । त्यसैगरी घाइतेको सङ्ख्या पनि अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

शक्तिशाली सुनामीका कारण ठूलो क्षति भएको अधिकारीहरुले जनाएका छन् । मृत्युको सङ्ख्या बढ्न सक्ने अनुमान यहाँको विपद् व्यवस्थापन एजेन्सीले गरेको पनि इन्डोनेसियाबाट प्राप्त समाचारहरुमा जनाइएको छ ।

सो एजेन्सीका अनुसार, सुनामीबाट कैयौँ व्यक्ति हराइरहेका छन् । समुद्री तट नजकिको वस्तीको वरपरका सयौँ घर भत्किएका छन् । त्यस्तै ती क्षेत्रमा रहेका भौतिक संरचना पनि ढलेका छन् ।
यसबाट सबैभन्दा धेरै पाडेलाङ, दक्षिण लाम्पुङ र सेराङ नामका क्षेत्रहरुमा अन्यत्र भन्दा बढी क्षति पुगेको सरकारी अधिकारीहरुले बताएका छन् । सो क्षेत्रका विपद् व्यवस्थापनमा खटिरहेका अधिकारीहरुले सार्वजनिक गरेका तस्बिरहरुमा प्रभावित क्षेत्रका केही नगरहरु पानीमा डुबेको देखिन्छ ।

A man inspects his house which was damaged by a tsunami, in Carita, Indonesia, Sunday, Dec. 23, 2018. The tsunami apparently caused by the eruption of an island volcano killed a number of people around Indonesia’s Sunda Strait, sending a wall of water crashing some 65 feet (20 meters) inland and sweeping away hundreds of houses including hotels, the government and witnesses said. (AP Photo/Dian Triyuli Handoko)

यहाँ बारम्बार ज्वालामुखी विस्फोट हुने गर्दछ । आइतबार बिहानको ज्वालामुखीको नाम क्राकाटोआ हो । आइतबारको यस ज्वालामुखी विस्फोटपछि सुनामी आएको हो ।
भौगर्भिक अधिकारीहरुले पहिला ज्वालामुखी विस्फोट भएको र त्यसका कारण समुद्रमुनिको जमिनमा पहिरो गएकोले सुनामी आएको हुनसक्ने अनुमान गरेका छन् ।

उनीहरुले अझै पनि सुनामीको खतरा रहेको भन्दै समुद्री किनार वरपरको वस्तीलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ ।
इन्डोनेसिया विगत लामो समयदेखि नै ज्वालामुखी, भूकम्प र सुनामीको चपेटामा पर्दै आइरहेको छ । यसै वर्षको सेप्टेम्बर महिनामा पनि त्यहाँ शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पबाट यहाँ ठूलो जनधनको क्षति भएको थियो ।

कमेन्ट गर्नुहोस्