प्रधानमन्त्री ओली नआएपछि स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, पुष ८ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजको बैठक अन्तिम समयमा आएर स्थगन भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण आज अपराह्न ४ः३० बजे बोलाइएको बैठक स्थगन भएको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिएयो ।

अर्को बैठक पुस ११ गते बस्ने उहाँले जानकारी दिनुभयो । प्रतिवेदनमाथि उठेका प्रश्नको विषयमा आज अपराह्न बोलाइएकों बैठकमा अध्यक्षद्वयले जवाफ दिने कार्यक्रम थियो ।

याे पनि पढ्नुस  नेकपाको स्थायी कमिटी शनिबार, यस्ता विषयमा छलफल हुने

“सबै सदस्य पार्टी कार्यालय आइसक्नु भएको थियो, अध्यक्ष ओलीको समय अभावले अन्तिममा स्थगन गरियो, अब अर्को बैठक यही पुस ११ गते बिहान ८ बजेका लागि बोलाइएको छ”, श्रेष्ठले भने ।

अध्यक्ष ओली आज सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलनमा सहभागी भएकाले बैठकमा उपस्थित हुन सकेनन् । पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज बिहान बसेको बैठकमा नेता प्रदीप ज्ञवालीले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि आफ्नो भनाइ राखेपछि प्रतिवेदनमाथिको छलफल सकिएको थियो ।

याे पनि पढ्नुस  भाेलि नेकपाको बैठक बस्दै, वामदेवका सुझावलाई मूल्यवान् सम्पत्तिका रुपमा सुरक्षित गरिने

नेकपाका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार बिहानको बैठकमा विशेष समय लिएर वरिष्ठ नेता माधवकुमार नेपालले एशिया प्यासिफिक सम्मेलनका विषयमा आफ्ना भनाइ राखेका थिए । उनले सम्मेलन कुनै धर्म प्रचारका लागि नभई नेपालको हितमा रहेको बताएका थिए ।

प्यासिफिक सम्मेलनमा सहभागी भएको भनेर केही नेताले जारी बैठकमा आलोचना गरेका थिए । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत बिहानको बैठकमा प्रतिवेदनबाहेकका विषयमा केही भनाइ राखेकाे श्रेष्ठले जानकारी दिए ।

याे पनि पढ्नुस  आज नेकपाको सचिवालय बैठक, के विषयमा हुँदैछ छलफल ?

गएको मङ्सिर २९ गतेदेखि अध्यक्षद्वयको संयुक्त राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ । जारी बैठकमा बोल्ने क्रममा कतिपय स्थायी कमिटीका सदस्यले पार्टी एकीकरणले पूर्णता पाउन नसकेको, सरकराले जनअपेक्षाअनुसार काम गर्न नसकेको लगायतका विषयमा आलोचना गरेका थिए ।

उठेका सवालमा पुस ११ गते अध्यक्षद्वयको जवाफ आएपछि राजनीतिक प्रतिवेदन पारित हुने या परिमार्जन गर्ने भन्ने विषय निक्र्यौल हुने जनाइएको छ । रासस

कमेन्ट गर्नुहोस्