सुदूरपश्चिम विश्वविद्यालयका प्राद्यापकद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं, पुष ८ । सुदूरपश्चिम विश्वविद्यालयका प्राद्यापकले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । सुप विश्व विद्यालय केन्द्रीय क्याम्पसका प्रिन्सिपल डा. भुपेन्द्र बिष्टले गरेका नियुक्ती खारेजीको माग गर्दै प्राद्यापकहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

आइतबार बसेको सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस प्राद्यापक संघको कार्यसमिति बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको हो ।

संघले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘प्रिन्सिपल बिष्टले गरेका नियुक्त खारेज नहुँदासम्म प्रिन्सिपलको पदीय हैसियतालाई बहिस्कार गर्दै क्याम्पसको पठनपाठनमा हाललाई कुनै बाधा नपर्ने गरी आन्दोलनका कार्यक्रमहरु निरन्तर अगाडि बढाउने निर्णय गरिएको छ ।’ थप जानकारीका लागि हेर्नुस् तलको विज्ञप्ति-

 

कमेन्ट गर्नुहोस्