अब जनताले समृद्धिको महसुस गर्न पाउछन् : नेता ढकाल

दोहा,पुष ८।नेपाल कम्युनिस्ट पाटी (नेकपा)का केन्द्रीय सदस्य बिनोद ढकालले अब जनताले समृद्धिको महसुस गर्न पाउने बताएका छन ।

नेकपाको प्रवास संगठन प्रवासी नेपाली एकता मंच कतारले शुक्रबार आयोजना गरेको संगठन प्रवेश कार्यक्रममा बोल्दै ढकालले समृद्धि पलभरमै आउने कुरा नभएको भन्दै बर्तमान सरकारको प्रमुख काम कानुन निर्माण गर्ने कार्य सकिन लागेको भन्दै अब ब्यबहारिक रुपमा जनताले महसुस गर्न पाउने गरि काम गर्ने बताए । पुर्बबर्ती सरकारले अनावश्यक रूपमा आर्थिक व्यबहार थप्ने कार्य गर्दा बर्तमान सरकारले त्यसको ब्यबस्थापनमा केहि समय लिएको भन्दै नेकपा एमाले मोरङ जिल्लाका पुर्व अध्यक्ष समेत रहेका ढकालले अब सरकार आफ्नो लक्ष्यमा पुग्ने दावी गरे ।

कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सदस्य समिम मिया अन्सारीले पार्टी भित्र बाहिर मिडिया आए जस्तो ठुलो बिबाद नभएको भन्दै पार्टीका सबै तहले अब छोटो समयमै पूर्णता पाउने बताए । कतार सरकारको निमन्त्रणामा केहि दिन देखी कतारमा भेटघाटमा रहेका अन्सारीले भेटका क्रममा स्थानीय अधिकारीले कतारको बिकासमा नेपालीले पुर्याएको योगदानको प्रसंशा गरेको भन्दै कतारले पनि नेपालमा लगानीको लागि निकट भबिस्यमा प्रपोजल सहित अगाडी बढ्न लागेको बताए ।

सो अवसरमा कतारमा सामाजिक एवं बैचारिक संगठनमा सक्रिय अफसर अलि खानको नेतृत्वमा ४६ जना र ओम कोइरालाको नेतृत्वमा १२ जना गरि ५८ जना प्रवासी नेपाली एकता मंचमा प्रवेश गरेका छन् ।

प्रवासी नेपाली मंचका अध्यक्ष तथा प्रवासी नेपाली एकता मंचका लागि प्रस्तावित संयोजक चानक पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रवासी नेपाली मंच कतारका संस्थापक अध्यक्ष कमलमणि गुरागाईं, निबर्तमान अध्यक्ष रामहरी गैह्रेले क्रियाशीलताका आधारमा योग्यताको मापन हुने भन्दै नव प्रवेशीले संगठनको काम सक्रियताका साथ लाग्नुपर्ने बताए ।

नेपाली जनप्रगतिशील मञ्च पाचौं महाधिवेशन आयोजक समितीका कार्यबहाक संयोजक राजु डुम्रेले स्वागत गरेको कार्यक्रमको संचालन नेपाली जनप्रगतीशील मञ्चका संगठन बिभाग प्रमुख मोहन कार्कीले संचालन गरेका थिए।

सोही अवसरमा कतारको बसाइलाई बिट मार्दै नेपाल जान लागेका प्रवासी नेपाली मंचका महासचिब मुनाफ मिया र नेपाली जनप्रगतिशील मंचका सचिवालय सदस्य निकास घलान तामाङलाइ संयुक्त रुपमा बिदाइ गरिएको छ ।

कमेन्ट गर्नुहोस्