नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसियाको प्रथम बार्षिक उत्सव सम्पन्न

मलेसिया,पुष ८।नेपाल् म्हार म्हेन्दो तामाङ कलाकार संघको प्रथम वार्षिकोत्सब तथा सम्मान पत्र वितरण कार्यक्रम अाईतबार मलेसियाको केलाङ स्थित केलाङ चौतारी रेस्टुरेन्टमा भव्यताका साथ सम्पन्न भएको छ।

संघका सचिव अमिर लोप्चन तामाङले सञ्चालन गरेको उक्त कार्यक्रममा म्हार म्हेन्दो कलाकारहरुको जोडदार साङ्गितिक प्रस्तुतिले कार्यक्रम मनोरञ्जनात्मक बनेको थियो। संघका अध्यक्ष फुर्वा दोर्जे मोक्तान तामाङले संघले एक बर्ष भित्रमा गरेको प्रगति बिवरण प्रस्तुत गरेका थिए भने सम्पुर्ण कलाकार मित्रहरूमा शुभकामना मन्तव्य समेत राखेका थिय।संघलाई बर्ष भरी साथ सहयोग दिने सम्पुर्ण नेपाली तामाङ कलाकारहरुलाई अध्यक्ष फुर्वा र सल्लाहकार जगत दोङ्ग तामाङले संयुक्त रुपमा दोसल्ला ओढाइ सम्मानपत्र हस्तान्तरण गरि सम्मानित गरेका थिए।

याे पनि पढ्नुस  वडाध्यक्षको चुनाव हारेपछि रोजगारीमा गएका बोहराको मलेसियामा मृत्यु

त्यसैगरी कार्यक्रममा खेलाडी र पत्रकार पनि सम्मानित भएका छन्। मलेसियामा लामो समय देखी कराते खेलमा आबद्ध रहि मलेसिया लगायतका अन्तर्राष्ट्रिय देशहरुमा भएको खेलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै जित हासिल गरी नेपाल र नेपालीको शिर उच्च पार्ने कार्य गरेकोमा सितोरियो कराते खेलाडीद्धय योगेन्द्र कोईराला र सोनाम नोर्बु तामाङलाई सम्मानपत्र सहित सम्मानित गरिएको हो ।

याे पनि पढ्नुस  मलेसियाले आवागमनको आदेशको समयावधि दुई हप्ता थप्यो

साथै पत्रकारिता क्षेत्रमा आबद्ध रहि श्रमिकको उद्धारको निम्ति सहयोग पुर्याएको कदर गर्दै पत्रकार घनश्याम चौधरी (आर एन चौधरी थारु) लाई पनि दोसल्ला ओढाइ सम्मान गरेको थियो।

कलाकारिता संगै मलेसिया लगापयत नेपालमा समस्यामा परेका पीडित नेपालीहरुलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आइरहेका संघको बार्षिक उत्सव कार्यक्रममा प्रमुख अतिथि संजय लामा तामाङ ,बिशिस्ट अतिथी सितेरियो कराते संघ मलेसियाका अध्यक्ष योगेन्द्र कोईराला नेपाल् आदिवासी जनजाती महासंघ शाखा मलेसियाका सदस्य मिङमार सेतार तामाङ रहेका थिए भने अतिथीहरुमा नेपाल् आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) शाखा मलेसियाको अध्यक्ष दिपक सुनाखरी मगर , कोषाध्यक्ष अर्पण मगर, तामाङ बौद्ध महासंघ मलेसियाका महासचिव सोनाम नोर्बु तामाङ , तामाङ समाज मलेसियाका अध्यक्ष टासी पाल्मो वाइबा तामाङ,तामाङ बौद्ध महासंघ मलेसियाका महासचिव सोनाम नोर्बु तामाङ रहेका थिए।

याे पनि पढ्नुस  रक्सीको झोंकमा नेपालीले गरे नेपालीको घाँटी रेटी हत्या

कार्यक्रम विभिन्न संघसस्थाका प्रतिनिधि ,पत्रकार तथा मलेसियाको विभिन्न छेत्रमा कार्यरत नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियोे ।

कमेन्ट गर्नुहोस्