रवि भोलि सुदूरपश्चिम जाँदै, प्रदेश सरकारले भव्य स्वागत एवं सम्मान गर्ने

काठमाडौं, पुष ८ । नेपाल आइडलको उपाधि जितेपछि पहिलो पटक रवि ओड गृह प्रदेश जाने भएका छन् । उनी भोलि (सोमबार) सुदूरपश्चिम जाने भएका हुन् । रविलाई धनगढीमा प्रदेश सरकारले बधाई तथा सम्मान कार्यक्रम पनि गर्ने छ ।

बधाई तथा सम्मान कार्यक्रमपछि उनी भोलि नै राजधानी फर्किने छन् । गत शुक्रबार सम्पन्न नेपाल आइडलको ‘ग्रान्ड फिनाले’मा रवि अन्य तीनजना प्रतिस्पर्धीलाई पछि पार्दै नेपालको दोस्रो नेपाल आइडल बन्न सफल भएका थिए ।

कमेन्ट गर्नुहोस्