‘नेपाल जेसिज वर्ष २०१९’काे नेतृत्वको लागि ३१ जना चुनावी मैदानमा

जनकपुर ८ पाैष

नेपाल जेसीजको ४५ औं राष्ट्रिय महाधिवेशनमा वर्ष २०१९ काे नेतृत्वको लागि ३१ जना चुनावी मैदानमा हाेमिएका छन् ।

शनिबारबाट जनकपुरमा सुरु भएको राष्ट्रिय महाधिवेशनमा १७ पदका लागि ३१ जनाकाे उमेदवारी परेकाे हाे । वर्ष २०१९ का लागि अध्यक्षका लागि इटहरी जेसिज वाट महेश पाैडेल र बाग्लुङ जेसिजबाट सुदिपराज भण्डारी राष्ट्रिय अध्यक्ष पदकाे मैदानमा छन् ।

राष्ट्रिय कार्यकारी उपाध्यक्ष ४ जना पदकाे लागि ९ जनाकाे उमेदवारी परेकाे छ । नेपाल जेसिज वर्ष २०१८ काे उपाध्यक्ष रविन पाेखरेल सहित ८ जना चुनावी मैदानमा उभिएका हुन । भकुण्डे जेसिजका अध्यक्ष रूकमणी सिग्देल, थानकाेट जेसिजका अध्यक्ष माेहन लाल डाँगी लगायत २० जना राष्ट्रिय उपाध्यक्ष पदकाे मैदानमा छन् ।

नेपाल जेसिजकाे राष्ट्रिय उपाध्यक्षमा १२ पदकाे लागि २० जनाकाे उमेदवारी परेकाे हाे । नेपाल जेसीजले जनकपुर जेसीजको आतिथ्यमा जनकपुरमा आयोजित तीन दिने महाधिवेशनले बर्ष २०१९ का लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

महाधिवेशनले नेपाल जेसीजको १४५ शाखा रहेको छ । महाधिवेशनमा देशभरबाट करिब दुई हजार प्रतिनिधि जनकपुरमा भेला भएका छन । जेसिजले युवाभित्र भएको प्रतिभालाई उजागर गर्दै सफल नेतृत्व प्रदान गर्ने उद्देश्य लिएर काम गर्दै आएको छ । जेसिजको महाधिवेशन यो चौथौ पटक जनकपुरमा भएको हो ।

कमेन्ट गर्नुहोस्