रविको कलालाई क्षेत्रीयताको जाँतोमा पिस्‍न खोज्‍नु मानसिक दरिद्रता

दिलीप प्रकाश कार्की/काठमाडौं । सुदूरपश्‍चिमका रवि ओड नेपाल आइडल-२ घोषित भए। यस विषयमा सामाजिक सञ्‍जालमा विभिन्‍न खाले टिप्पणी भए। जसलाई केही हदसम्म स्वभाविक रुपमा लिन सकिन्छ।

प्रजातान्त्रिक मुलुकमा सबैको विचारको सम्मान गरिन्छ। तर, गम्भीर कुरालाई सञ्‍चार माध्यममा नै पूर्वाग्रही भएर लेख्नु गलत अभ्यास हो। यो हुनु हुँदैन र हुन दिनु हुँदैन। सञ्‍चार माध्यमले जहिले पनि सही दिशानिर्देश गर्नुपर्छ नकि एउटाको पक्षले लिएर अर्कोलाई खुइल्याउने।

पहिलो कुरा शिर्षकबाटै थाहा हुन्छ, लेखकले कुन मानसिकताबाट गुज्रेर यो लेख तयार पारे। सामाग्री पढीसकेपछि ब्लग, समाचार वा विचार के हो छुट्याउन सकिएन। समाचारका लागि आवश्यक एबीसीको सिद्धान्त, श्रोतका कुरा, आवश्यक तथ्याकं केही भेटिएन।

डिजिटल नेपाली पत्रकारिताको अगुवाइ गरिरहेको अनलाइन खबर डटकममा सोमबार एक सामाग्री छापियो। शिर्षक थियो, ‘नेपाल आइडल, पोहोर जातियता हाबी, यसपाली क्षेत्रियता’।

पहिलो कुरा शिर्षकबाटै थाहा हुन्छ, लेखकले कुन मानसिकताबाट गुज्रेर यो लेख तयार पारे। सामाग्री पढीसकेपछि ब्लग, समाचार वा विचार के हो छुट्याउन सकिएन। समाचारका लागि आवश्यक एबीसीको सिद्धान्त, श्रोतका कुरा, आवश्यक तथ्याकं केही भेटिएन।

विचार लेख्‍ने व्यक्तिले जातियता र क्षेत्रियताजस्तो गम्भीर विषयलाई यति हल्का ढंगले कहिल्‍यै लेख्‍ने प्रयत्‍न गर्दैन। आधारहिन कुरालाई तथ्याकंका रुपमा प्रस्तुत गरेर जबरजर्स्ती विषयलाई पुष्टी गर्न खोजिएको छ।

जातियता र क्षेत्रियताको कुरा गर्दा विश्‍मा धरै मुलुक तहसनहस भएका छन्। यसकारण जाती, क्षेत्र, लिंग, भाषा, धर्मका विषयमा हल्कारुपमा टिप्पणी गर्नु त्यती उचित हुँदैन भन्‍ने यस लेखको आशय हो।

यसमा आलोचना र खुइल्याउने सिवाय अन्य वाक्याशं‌को प्रयोग गरिएको छैन। कुनै ठाउँमा सुझाव व्यक्त गरिएको छैन। देशकै आधुनिक पत्रकारिताको बागडोर सम्हाल्‍ने मिडियाले यसरी बाटो बिराउनु हुँदैन भन्‍ने विषयमा केन्द्रित भएर यो स्तम्भ लेखिएको हो।

याे पनि पढ्नुस  करिश्मा बिष्ट अब ‘हास्य टेलिशृंखला’ मा पनि ! [भिडियोसहित]

जातियता र क्षेत्रियताको कुरा गर्दा विश्‍मा धरै मुलुक तहसनहस भएका छन्। यसकारण जाती, क्षेत्र, लिंग, भाषा, धर्मका विषयमा हल्कारुपमा टिप्पणी गर्नु त्यती उचित हुँदैन भन्‍ने यस लेखको आशय हो।

लेखमा इन्डियन आइडलदेखि नेपाली तारासम्मका उदाहरणहरु दिइएका छन्। यस शोकी निर्णायकमण्डलमा छिन्, इन्दिरा जोशी। उनले नेपाल तराको पाँचौ स्थान हात पारेकी थिइन्।

उनी आफैं क्षमतावान छिन् भनेर केही उदाहरणहरु पेस गर्नु यहाँ त्यती उपयुक्त नहोला। तर, नेपाली तारा छानिएका दिपक लिम्बु के अब्बल छैनन र ? एकपक्षीय भएर लेख्दा यस्ता कुरा कति कलाकर्मीलाई आँच पुर्‍याउला भन्‍ने हेक्का राख्‍नुपर्थ्यो। त्यो भएको छैन।

शो को फर्म्याट नै पहिले ५० प्रतिशत भोट र ५० प्रतिशत निर्णायकको मूल्याकंन र फिनालेमा भोटको आधारमा निर्णय गर्ने भनिएको छ। यो नियम बुद्ध र रविलागि मात्रै लागू भएनन् की प्रतिस्पर्धी सबैलाई लागू भएको हुनुपर्छ।

नेपाल आइडलले संगितका लागि एक बृहत प्लेटफर्म तयार गरेको छ। संगीतले सानदार बंगला हेर्दैन, न त आर्थिक पक्ष र बलियो परिवार हेर्छ। प्राय: कला भन्‍ने चिज अभाव र संघर्षमै फल्ने हो। सृजनाले गरिब र धनी भनेर जन्म लिंदैन। यस्तै प्रक्रियाबाट नेपाल आइडल बनेका हुन् रवि ओड। यसमा उनको जन्म, थर र भेगले खासै अर्थ राख्दैन। उनी त्यो मन्चमा अब्बल मानिए र छानिए।

यसको अर्थ बिक्रम, सुमित र अस्मिता अब्बल थिएनन् भन्‍ने होइन। उनीहरु अब्बल भएकै कारण सयौं प्रतस्पर्धीबाट छानिएर टप चारमा पुगेका हुन्। उनीहरु सबै नेपाल आइडलका लागि उतिकै दाबेदार थिए। तर, रविले केही मत बढी पाएका कारण उसले जितेको हो।

याे पनि पढ्नुस  करेन्ट दुर्घटनाः साना त्रुटिले कसरी निम्त्याउछ ठूला जोखिम र क्षति ?

नेपाल आइडलले संगितका लागि एक बृहत प्लेटफर्म तयार गरेको छ। संगीतले सानदार बंगला हेर्दैन, न त आर्थिक पक्ष र बलियो परिवार हेर्छ। प्राय: कला भन्‍ने चिज अभाव र संघर्षमै फल्ने हो। सृजनाले गरिब र धनी भनेर जन्म लिंदैन। यस्तै प्रक्रियाबाट नेपाल आइडल बनेका हुन् रवि ओड। यसमा उनको जन्म, थर र भेगले खासै अर्थ राख्दैन। उनी त्यो मन्चमा अब्बल मानिए र छानिए।

लेखमा भनिएको छ, ‘रविलाई नेपाल आइडल बनाउन उनका बुबालाई आँशु झार्न लगाइयो’। यो वाक्‍यले स्वयं लेख्‍ने मान्छेलाई गिज्याइरहेको छ। दरिद्र मानसिकताले ग्रस्त भएर विचारहिन र विवेकशून्य मानसपटलले वकलिएका भन्‍ने प्रस्ट हुन्छ।

भारतमा मजदूरी गरेर जिविकोपार्जन गरीरहेका बुबाले कहिल्‍यै सोचेका थिएनन् की उनको छोराले नेपालकै उत्कृष्ट संगित प्रतिस्पर्धाको अन्तिममा पुग्छ भनेर। उनी हर्षविभोर भए र भोट गर्न आग्रह गरे। यस्तो संवेदनशिल कुरालाई हल्कारुपमा टिप्पणी गर्दा कति न्याय गरिएको छ भन्‍ने हेक्का राख्नुपर्थ्यो।

सकिन्छ भने, भन्‍नुस, झुपडीमा फलेको रविको कला र संघर्षले जित्यो। उसको अठोट र साहसले जित्यो। गाउँमा क्लबहरुको सहकार्यक नृत्य सिकाउने रवि, म्यादी बनेका रवि र भारतामा मजदुरी गर्न हिडेका रवि र नेपाल आइडल रवि। सानैमा मातृ वात्यसल्य गुमाएका रविको संघर्ष गर्ने साहसले जित्यो।

रोग चाँडै फैलिन्छ । यो जातियता र क्षेत्रियताजस्तो संवेदशिल विषयमा यसरी टिप्पणी गर्दा यसले बृहत रुप लिन सक्छ। यसलाई यतिमै सिमित राखेर लेखकले एकपटक गल्ती सच्याउन जरुरी छ।

याे पनि पढ्नुस  ‘ढुंगाको काप फोडेर पनि उम्रन्छ पिपल’

सकिन्छ भने, भन्‍नुस, झुपडीमा फलेको रविको कला र संघर्षले जित्यो। उसको अठोट र साहसले जित्यो। गाउँमा क्लबहरुको सहकार्यक नृत्य सिकाउने रवि, म्यादी बनेका रवि र भारतामा मजदुरी गर्न हिडेका रवि र नेपाल आइडल रवि। सानैमा मातृ वात्यसल्य गुमाएका रविको संघर्ष गर्ने साहसले जित्यो।

यदी नेपाल आइडल हुँदैनथ्यो भने उनको प्रतिभा त्यतीकै हराएर जानसक्थ्यो। यसले उनको प्रतिभा प्रस्फुटन गराएको छ। त्यसकारण उनको कला र क्षमतलाई क्षेत्रीयताको जाँतोमा पिस्‍नु मानसिक दरिद्रता हो।

कुनै पनि विषय पूर्वाग्रही भएर विश्लेषण गर्ने कुचेष्टाले गलत बाटो समात्छ। बरु छनोट प्रक्रिया र मूल्याकंन विधि परिष्कृत गर्न सकिन्छ। त्यसका लागि सुझाव दिन सकिन्छ।

नेपाल आइडल हुँदैनथ्यो भने उनको प्रतिभा त्यतीकै हराएर जानसक्थ्यो। यसले उनको प्रतिभा प्रस्फुटन गराएको छ। त्यसकारण उनको कला र क्षमतलाई क्षेत्रीयताको जाँतोमा पिस्‍नु मानसिक दरिद्रता हो।

नतिजा स्विकार गर्न नसक्ने गरिब मनको हुटहुटी शान्त पार्न यसरी अग्रणी सञ्‍चारमाध्यमको प्रयोग गर्नु गलत अभ्यास हो। सञ्‍चारमाध्यम जहिले पनि कसैको पेवा हुँदैन साझा हुन्छ।

कोही पनि व्यक्तिको मानमर्दनमा आँच आउने कुरा लेख्नु र छाप्‍नुपूर्व सोच्‍न जरुरी छ। आफ्नो पहुँच र कलमको दुरुपयोग् गरी वैचारिक दुर्गन्ध फैलाउनु हुँदैन।

कमेन्ट गर्नुहोस्