वडा सचिव घुससहित पक्राउ

खस्यौली, पुस ९ ।

अख्यितार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले सोमबार यहाँ घुससहित वडा सचिवलाई पक्राउ गरेको छ ।

बुटवल उप महानगरपालिका– १३ का वडा सचिव भरतकुमार काउचालाई रु पाँच हजारसहित आयोगको अनुसन्धान टोलीले नियन्त्रणमा लिएको हो ।

सो सम्बन्धि अनुसन्धान भइरहेको आयोगका प्रमुख रवी पन्थले जानकारी दिए । पक्राउ परेका काउचालाई भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारवाही प्रक्रियाअघि बढाइने उनले बताए । उनले बसाइँसराइको कागजात मिलाउने विषयमा सेवाग्राहीसँग घुस लिएका थिए । रासस

कमेन्ट गर्नुहोस्