खाद्य डिपोमा चामलको मूल्य घटेन

जाजरकोट, पुस ८ । बारेकोट गाउँपालिका–९ का गोविन्द पुनः चामलका लागि नायकवाडाको घाट डिपोमा पुगे । हतारमै त्यहाँ रहेका कर्मचारीसँग प्रतिकिलो चामलको मूल्य सोध्दा उनीहरूले रु ५६ पर्ने जनाएकाले उनी स्थानीय बजारतर्फ लागे ।

स्थानीय बजारबाट प्रतिकेजी रु ५४ मा एक क्विन्टल चामल खरीद गरेर घर लगिएको गोविन्दले बताए । अहिले दैनिक घाटमा रहेको डिपोमा चामल लिन आउनेको सङ्ख्या ठूलो भएपनि महङ्गो परेकाले बिक्री हुन सकेको छैन । चामलको मूल्य घटे पनि दुर्गम गाउँमा पुरानै मूल्यमा चामल बिक्री गर्न खोज्दा बिक्री हुन नसकेको हो ।

याे पनि पढ्नुस  स्थानीयलाई खाद्यान्न ढुवानी गर्न मुस्किल

बजारमा पाइने मोटो चामल प्रतिकेजी रु ५४ मा बिक्री हुँदै आएको छ । सरकारले सहुलियमा उपलब्ध गराउँदै आएको चामल बजारकोभन्दा महङ्गो हुनाले समस्या उत्पन्न भएको स्थानीयवासीको भनाइ छ । घाट डिपोमा मात्र १५० क्विन्टल चामल थन्किएको छ ।

मूल्य नघट्नुको कारण सोध्दा जाजरकोट शाखाका रामप्रसाद पौडेलले केही दिनभित्र समायोजन गरिने बताए । दुर्गमका बासिन्दालाई मूल्य घटेको थाहा नहुने भएकाले डिपोले मनपरी गरेको स्थानीय बुद्धिजीवी नीमबहादुर सिंहले बताए।

याे पनि पढ्नुस  माओवादी नेता बस्नेतको सहयोगमा दुर्गम गाउँमा भिडियो एक्सरे सेवा

त्यस्तै सदरमुकाममा पनि जापानबाट ल्याइएको चामल महङ्गो भएकाले बिक्री हुन सकेको छैन भने चौखा डिपोमा चामल नै पठाइएको छैन । रासस

कमेन्ट गर्नुहोस्