शेयर बजार पुनः ओरालो लाग्यो

काठमाडौ‌, पुष ९ । आइतबार उच्च बिन्दुले बढेको शेयर बजार आज भने छ दशमलव ४५ अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव ५४ प्रतिशतले घटेर एक हजार १९१ दशमलव ७४ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव सात बिन्दुले घटेर २५३ दशमलव ६८ बिन्दुमा पुगेको छ ।

याे पनि पढ्नुस  करीब दुई अर्बको शेयर कारोबार

स्टकका अनुसार आज कूल १६८ कम्पनीको २२ लाख ७६ हजार १७५ कित्ता रु ७९ करोड ८७ लाख १८ हजार ५३ मूल्यमा खरीद बिक्री भएको छ । कारोवार भएका कूल ११ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लागेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ ।

याे पनि पढ्नुस  शेयरबजार दोहोरो अङ्कले वृद्धि

वित्त पाँच, उत्पादन दुई दशमलव ७९, अन्य तीन दशमलव शुन्य चार र जीवन बीमा ६८ दशमलव २८ बिन्दुले बढेका छन् ।

यस्तै बैंकिङ १० दशमलव ३२, व्यापार ११ दशमलव ४०, होटल ३२ दशमलव ६६, विकास बैंक १७ दशमलव पाँच, निर्जीवन बीमा २० दशमलव ४७ र लघुवित्त पाँच दशमलव ८९ बिन्दुले घटेका छन् ।

कमेन्ट गर्नुहोस्