उर्जामन्त्री भन्छन्, ‘यो वर्ष नेपालले भारतलाई ७ करोडको बिजुली बेच्यो’

काठमाडौं , पुष ९ । ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ ले यो वर्ष नेपालले भारतलाई ७ करोड रुपैयाँको बिजुली बेचेको दाबी गरेका छन् ।

उनले भारतको उत्तरप्रदेश र विहारमा यो वर्ष ७ करोड रुपैयाँको बिजुली बेचेको दाबी गरे । नेपालमा कम हुँदा किन्ने र बढी हुँदा बेच्ने नियम अनुसार बढी भएको बिजुली भारतलाई बेचिएको उनले बताए ।

यसै हिसाबले भारतलाई दिनुपर्ने भुक्तानीमा ७ करोड रुपैयाँ घटाएर भुक्तानी गरिएको पनि उहाँले स्पस्ट पारे ।

कमेन्ट गर्नुहोस्