अनसरत घाइते पूर्व लडाकुको जीतः गृह मन्त्रालयसँग भयो ४ बुँदे सहमति (सहमति पत्र सहित)

काठमाडौं, पुष ९ । नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्दका क्रममा घाइते पूर्व लडाकु, अपाङ्ग तथा गृह मन्त्रालयबीच ४ बुँदे सहमति भएको छ ।

जीवनभर परिवर्तनका लागि लडेर अंगभंग भएपनि सरकारले वास्ता नगरेको भन्दै आन्दोलनरत घाइते पूर्व लडाकु र गृह मन्त्रालयबीच आज वार्ता भएपछि सहमति जुटेको हो ।

छलफलमा गृह प्रतिनिधि र अनशनरत पक्षका प्रतिनिधि सहभागी थिए ।

सहमति अनुसार, गम्भीर घाइतेहरुको तत्काल सरकारले उपचार गर्ने छ । नेपाल मेडिकल बोर्डले देश बाहिर उपचार सिफारिस गरेका घाइते तथ ाअपांगलाई

देश बाहिरका चिकित्सालयमा भर्ना गर्न समेत सहमति भएको छ ।

यसैगरी अनसन र उपचारको क्रममा खर्च भएको बिल भर्पाई समेत सरकारले बेहोर्ने भएको छ ।

दीर्घकालिनरुपमा समस्या हल गर्न एउटा कार्यदल गठन गर्ने र उक्त कार्यदलले तीन महिनाभित्र सुझाव दिने समेत सहमति भएको छ ।

कमेन्ट गर्नुहोस्