पूर्व पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई जेल सजाय

इस्लामाबाद, पुस ९ । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफलाई त्यहाँको भ्रष्टाचार निरोधी अदालतले भ्रस्टाचार गरेको आरोपमा ७ वर्षको सजाय सुनाएको छ । भ्रस्टाचार सम्बन्धी मुद्दा हेर्ने ‘नेसनल अकाउंटिबिलिटी ब्यूरो’ले सरिफलाई अल-अलिजिया स्टील मिल्स मुद्दामा उक्त सजाय सुनाएको हो ।

सरिफलाई त्यस्तै प्रकृतिको अर्को मुद्दा ‘फ्ल्यागशिप इन्भेस्टमेन्ट मामिलामा भने सफाई दिइएकोछ । यस अघि जुलाई महिनामा उनकी छोरी र ज्वाईंलाई अदालतले जेल सजाय सुनाइसकेको छ ।

नवाज गत निर्वाचन ताका पनि भ्रस्टाचार सम्बन्धि मुद्दामा हिरासतमा रहेका थिए । उनको अनुपस्थितिमा उनको दल पाकिस्तान मुस्लिम लीगले स्नावाज सरिफका भाई सहबाज सरिफको नेतृत्वमा निर्वाचन लडेको थियो जसमा इमरान खानको दल ‘तहरिक-ए-इन्साफ सबै भन्दा ठुलो दल भएर निस्केको थियो ।

अदालत्ले आयभन्दा बढी सम्पत्ति देखिएको भन्दै नवाजमाथि छानबिन गराएको थियो । उनलाई घोषित आयभन्दा बढी पैसा विदेशमा लगानी गरेको आरोपमा दोषी पाइएको हो । एजेन्सी

 

कमेन्ट गर्नुहोस्