‘नेपाल जेसिजको वर्ष २०१९’को अध्यक्षमा महेश पौडेल विजयी

जनकपुर, पुस १० ।

नेपाल जेसीजको ४५ औं राष्ट्रिय महाधिवेशनबाट वर्ष २०१९ को नेतृत्वको लागि अध्यक्ष पदमा भारी मतले इटहरी जेसिजका महेश पौडेल विजयी भएका छन् ।

शनिबारबाट जनकपुरमा सुरु भएको राष्ट्रिय महाधिवेशनबाट ९२१ मत सहित पौडेल विजयी भएका हुन् । उनका निकटतम प्रतिदोण्डी सुदिप राज भण्डारीले २४३ मत प्राप्त गरे । नेपाल जेसिजको कार्यकारिणी उपाध्यक्षमा ८९० मत सहित रविन पोखरेल क्रमश श्यामसुन्दर पौडेल ७४१, रमेशचन्द्र भुसाल ६८७, अमेश ढकाल ६४३ मत सहित विजयी भए ।

राष्ट्रिय उपाध्यक्ष पदका लागि थानकोट जेसिजका मोहन लाल डाँगी, भकुण्डे जिसिजकी रूक्मणी सिग्देल, त्रिभुवन नगर जेसिजका लालमणी भण्डारी, रामनगर जेसिजका भोजराज चापागाई, काठमाडौ जेसिजकी ईनु थापा, पाटन जेसिजको सुमन कृष्ण श्रेष्ठ, वर्सामादीको हरिकुमार शर्मा, सिद्धार्थ नगर जेसिजको कमल भण्डारी, गोकुल साप्कोटा गैडाकोट, कृष्णप्रसाद अर्याल नवलपुर जेसिज, अत्तरिया जेसिज दिनेश बोहरा विजयी भएका हुन ।

विजयी पश्चात् नव नियुक्त अध्यक्ष महेश पौडेलले लाखौं युवाहरूको मन मस्तिष्कमा वस्न र समाज परिवर्तनको लागि नयाँ र विशिष्ट कार्य योजनाको साथ अगाडि बढ्ने बताए ।

नेपाल जेसिजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदका विजयी रविन पोखरेलले, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपालको नाम रोशन वनाउने जिम्मा युवाहरूको हातमा आएको वताए ।

नेपाल जेसिजका निर्वतमान अध्यक्ष सिनेटर श्रीधर बस्यालले नेपालको अग्रगामी परिवर्तनको संवाहक बन्न सफल जेसिजको मूल्य मान्यतालाई जनस्तरमा अझै परिस्कृत बनाउनुपर्ने बताए ।

महाधिवेशनमा देशभरबाट करिब दुई हजार प्रतिनिधि जनकपुरमा भेला भएका हुन् ।

शनिबारबाट जनकपुरमा सुरु भएको राष्ट्रिय महाधिवेशनमा १७ पदका लागि ३१ जनाको उम्मेदवारी दिएका थिए ।

कमेन्ट गर्नुहोस्