काबुलमा आत्मघाती आक्रमण, २९ जनाको गयो ज्यान

काबुल, पुस १०। अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती आक्रमणमा परी कम्तिमा पनि २९ जनाको ज्यान गएको छ । सोमवार भएको उक्त घटनामा २० जना घाइते भएका छन् । अधिकारीहरूका अनुसार एउटा सर्कारुई भवनमा उक्त आक्रमण भएपछि ८ घण्टासम्म भीडन्त भएको थियो । उक्त भीडन्तमा ३ जना आक्रमणकारी समेत मारिएको बुझिएको छ ।

अफगानिस्तानको गृहमन्त्रालयका प्रवक्ता नजीब दानिशका अनुसार प्रहरीले उक्त भवनमा खानतलासी जारी राखेको छ र मारिनेहरूको अन्तिम संख्या बढ्न सक्ने समेत बताइएको छ । उनका अनुसार उक्त आक्रमणको सुरुमा चरमपन्थीहरूले उक्त विशाल भवनमा विष्फोटकले भरिएको कार ठोक्काएका थिए ।

घटनाको लगत्तै पछि ३ जना बन्दूकधारीले अन्धाधुन्द गोली चलाउँदै मान्छेहरूलाई मार्न सुरु गरेको बताइएको छ । यस क्रममा केही कर्मच्व्हारी ज्यान जोगाएर भाग्न सफल भएको बताइएको छ । प्रहरीले तत्काल सुरु गरेको कारवाहीमा ३ सय ५७ जनालाई त्यहाँबाट सुरक्षित बाहिर निकालेको थियो ।

प्रत्यक्षदर्शीहरूले त्यहाँ कमसे कम पाँच पटक विष्फोटनको आवाज सुनिएको थियो । आक्रमणमा एक जना अधिकारीको मृत्यु भएको र ३ जना घाइते भएको जनाइएको छ ।

उक्त घटनाको जिम्मेवारी हालसम्म कुनै पनि संगठनले लिएको छैन । अधिकारीहरूले सामान्यतया यस प्रकृतिका आक्रमणहरूमा तालिबान या इस्लामिक स्टेट (आइएस)को हात रहने गरेको छ ।

 

कमेन्ट गर्नुहोस्