समायोजन प्रायोजनका लागि सहसचिवको सूची तयार, भ्रष्टाचारको अभियोग लागेका शर्मा पहिलो नम्बरमा

काठमाडौं, पुष १० । कर्मचारी समायोजन प्रक्रिया शुरु गरेको सरकारले समायोजन प्रायोजनका लागि सहसचिवहरुको सूची तयार पारेको छ । निजामति कितावखानाले तयार पारेको उक्त सूचीमा चूडामणि शर्मा वरिष्ठताको आधारमा पहिलो नम्बरमा छन् ।

शर्मा तिनै हुन् जो तत्कालीन कर फर्छ्यौट आयोगमा रहँदा अनधिकृत रुपमा भ्याट छुट दिएर भ्रष्टाचार गरेको आरोप लागेको थियो । आन्तरिक विभागको महानिर्देशक हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएका शर्मा ६१ दिन हिरासतमा बसेका थिए । अख्तियारले कर छुट प्रकरणमा शर्माविरुद्ध ३ अर्ब बिगो दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

उनीपछि कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव राम प्रसाद थपलिया दोस्रो नम्बरमा छन् । हालै जारी भएको कर्मचारी समायोजन अध्यादेशले ज्येष्ठतालाई समायोजनको पहिलो आधार मानेको छ ।

सहसचिवहरुमध्ये धेरै जना संघमा समायोजन हुने देखिन्छ । प्रदेश र स्थानीय तहमा भने संघबाट खटाइने छ । यसरी खटाइँदा सम्भव भएसम्म ज्येष्ठतालाई आधार बनाइने अध्यादेशमा उल्लेख छ । विशेष अदालतले धरौटीमा रिहा गरेका शर्मा हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त) समूहमा छन् । सहसचिवको सूची यस्तो छ हेर्नुस्-

सूची हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्