यस्तो छ बजारमा सुनचाँदीको मूल्य अवस्था !

काठमाडौं, पुस १० ।

साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ ।

सोमबार बजारमा छापावाल सुनको मूल्य तोलामा ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि बढेर ५९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, सोमबार तेजाबी सुनको मूल्य ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बढेर ५९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार बजारमा चाँदीको मूल्य भने यथावत नै रहेको छ ।

सोमबार चाँदीको मूल्य ७२० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि ७ सय २० रुपैयाँमै कारोवारमै भइरहेको छ ।

कमेन्ट गर्नुहोस्