ओली वंश समाजको सुप सम्मेलन सम्पन्न

धनगढी, पुष १० । ओली वंश समाजको सुदूरपश्चिम प्रदेश स्तरीय सम्मेलन नयाँ कार्यसमिति चयन गर्दै आज मंगलबार कैलालीकाे धनगढीमा सम्पन्न भएको छ ।

सम्मेलनबाट गणेशराज ओलीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । नवगठित समितिको अपाध्यक्षमा नरबहादुर ओली, महासचिवमा सोमान ओली चयन भएका छन् ।

त्यसैगरि सदस्यहरूमा डम्मरबहादुर ओली, सुनिलकुमार ओली, कृष्ण ओली, पदम ओली र भुपेन्द्र ओली चयन भएको नवनिर्वाचित अध्यक्ष गणेशराज ओलीले बताए ।

ओली बंश समाजका केन्द्रीय अध्यक्ष हरी ओलीको सभापतित्वमा भएको सम्मेलनको प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य कमला ओली रहेकी थिइन् । सो सम्मेलनमा प्रदेश नम्वर ५ का प्रदेश सभा सदस्य उत्तमकुमार ओली, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिव शिव ओलीले मन्तव्य राखेका थिए ।

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाहरुमा रहेका ओली बन्धुहरू सहभागी रहेको सो सम्मेलनले ओली वंशको प्रचारप्रसार तथा नौ वटै जिल्लामा ओली वंशको समिति गठन गर्ने लगायतका निर्णय गरेको अध्यक्ष गणेशराजले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्