हाम्रो संस्कृति र एकताबाट अरु देशले धेरै कुरा सिक्न सक्छन्ः मन्त्री मगर

कञ्चनपुर, पुष १० । खानेपानी मन्त्री बिना मगरले गणतन्त्र नेपाल र धर्म निरपेक्ष मुलुक बनाउन सारा नेपालीले त्याग र बलिदान गरेको हुँदा यसलाई संस्थागत गर्नु पर्ने बताएकी छन् ।

क्रिसमस दिनको अवसरमा कञ्चनपुरको बेलौरीमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले जनताको ठूलो त्यागबाट गणतन्त्र र धर्म निरपेक्ष राष्ट्र निर्माण भएको बताइन् ।

धर्म र संस्कृतिको हिसाबले अरु देश भन्दा नेपाल पृथक र विशिष्ट रहेको मन्त्री मगरले बताइन् । उनले भनिन्, ‘हाम्रो नेपाली समाज अरु देशको भन्दा पृथक र छुट्टै पहिचान बोकेको छ । सबै जातजाति, क्षेत्र, वर्ग र समुदाय बीच घनिष्ठ सम्बन्ध रहेको छ । सबै बीच समानता छ । यही नै हाम्रो विशिष्टता हो ।’

हाम्रो संस्कृति र एकताबाट अरु मुलुकले धेरै कुरा सिक्न सक्ने मन्त्री मगरेको भनाइ थियो । हामीले छिटोभन्दा छिटो विकास गर्नु पर्ने र समृद्ध नेपाल बनाउनु पर्ने भएकाले यस दिन सरकारले बिदा नमनाउने घोषणा गरेको उनले स्पष्ट पारिन् ।

कमेन्ट गर्नुहोस्