कालिकोट आगलागीप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं, पुष १० । राष्ट्रपति विद्यादेवी भण्डारीले कालीकोटमा भएको भीषण आगलागीको घटनाले आफूलाई अत्यन्त दुःखित तुल्याएको बताएकी छन् ।

उनले आगलागीबाट सयौं विस्थापित भएको, दर्जनौं घाइते बन्नुपरेको र ठूलो परिमाणमा अन्नपात तथा पशुधनको क्षति भएको उल्लेख गर्दै राहत तथा उद्धारमा थप तदारुकताका साथ लाग्न सम्बद्ध पक्षलाई आग्रह गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । यही पुस ८ गते आगलागी हुँदा कालीकोटका पताला गाउँमा ८८ घर नष्ट भएको थियो ।

कमेन्ट गर्नुहोस्