मुख्यमन्त्री शाही भन्छन्, ‘कर्णालीलाई विश्वकै नमूना प्रदेश बनाउँछौं’

रुकुम, पुष १० । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई विश्वकै नमूना प्रदेश बनाउने गरि काम भइरहेको बताएका छन् ।

जिल्ला क्रिकेट संघ रुकुमले रुकुम पश्चिमको चौरजहारीमा आयोजना गरेको कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिताको उदघाटन गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् ।

प्रचुर सम्भावना हुँदाहुँदै पनि कर्णाली प्रदेश विकासमा पछाडि परेको अवस्थामा समृद्धिका लागि प्रदेश सरकार योजनाका साथ अगाडि बढिरहेको उनको भनाइ छ ।

‘कर्णालीमा विकासको कति सम्भावना छ भनेर सबैलाई थाहा नै छ, उनले भने यहाँको सम्भावनालाई उपयोग गर्दै कर्णालीलाई विश्वकै नमुना बनाउँनका लागि हामी लागि परेका छौं ।’

यसै अनुसार बजेट तथा योजना निर्माण भइरहेको पनि उनले जानकारी गराए । साथै उनले नेपालको भाषा अनि संस्कृतिको इतिहास कर्णालीसँग जोडिएको बताए ।

कमेन्ट गर्नुहोस्