अध्यक्ष प्रचण्डद्वारा माओ दिवसको शुभकामना

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले १२५ औं माओ दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्

यस्तो छ अध्यक्ष प्रचण्डको शुभकामना

चिनियाँ नयाँ जनवादी क्रान्तिका महान् नेता कमरेड माओ–त्सेतुङको जन्म दिवसका अवसरमा संसारभरका मुक्तिकामी जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

कमरेड माओले अर्धसामन्ती तथा अर्धऔपनिवेशिक राष्ट्र चीनलाई दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवादी क्रान्तिको प्रक्रियामा अगाडि बढाउनुभयो ।

माओले विकास गर्नुभएको दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विचार समृद्ध नेपाल निर्माणका लागि स्मरणीय छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०

कमेन्ट गर्नुहोस्